वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट एक किलो सुनसहति सन्तोषकुमार साहलाई पक्राउ गरेको छ ।
सर्लाही हरिपुर नगरापलिका– ९ बस्ने साहलाई प्रहरीले एक किलो अवैध सुनसहित पक्राउ गरेको हो ।
साह चढेको ना४८प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा लुकाइएको अवस्थामा ६ टुक्रा सुनलाई कालो टेपले बेरेर त्यसपछि कागजमा राखेर फेरि सेतो टेपले बेरेर राखिएको अवस्थामा सुन फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
सुन बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका शंकाराचार्य गेट अगाडिबाट साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए ।
पक्राउ परेका साह बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
पूर्व सूचनाका आधारमा इनर्वा प्रहरी चौकीका इन्चार्ज त्रिभुवन साह नेतृत्वको टोलीले सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया