काठमाडौं । आज असार १५ अर्थात धान दिवस । ‘मानो रोपेर मुरी फलाउने’ दिन ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णणबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।
‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ ।
यसवर्ष सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।
त्यस्तै आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया