दश किलो रक्तचन्दनसहित पासवान पक्राउ

गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट बिहीबार बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ ।

भारतबाट चक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका पासवानलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वरका सशस्त्र प्रहरी टोलीले मलिवाराबाट रक्त चन्दनसहित पक्राउ गरेको हो । 

रक्तचन्दनसहित पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी राजश्व गुल्मका प्रहरी नायब उपरीक्षक दिनेश मल्लले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?