संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भीरमा दुम्सीको दुलामा छिरेका ५ जनामध्ये एकजनाको अवस्था अज्ञात रहेको छ ।
बिहीबार बिहान दुम्सी खेद्ने क्रममा भीरको दुलामा छिरेका स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको र उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरक प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए ।
उनका अनुसार सोही कार्यमा संलग्न अन्य ४ जना बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया