काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खरिद गरेको २ सय ७४ सिट क्षमताको विमान 'अन्नपूर्ण' काठमाडाैंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
फ्रान्सेली विमान निर्माता एअरबसले बनाएको ए ३३०-२०० सिरिजको यो विमान अमेरिकन लिजिङ कम्पनी एएअार कर्पोरेशनसँग एनएसीले खरिद गरेको हो । ९ एन कलसार्इन दिर्इएको 'अन्नपूर्ण'ले तत्काल निगमको नियमित गन्तव्यमा उडान भर्ने र केही समयपछि साउदी अरेवियाको रियादसम्म उडाउने योजना एनएसीको छ ।
एनएसीले २०७३ चैत २५ गते एएअारसँग एयरबस ३३०-२०० सिरिजका दुर्इवटा विमान खरिद सम्झाैता गरेको थियो । विमान किन्न निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषबाट ९ प्रतिशत व्याजदरमा २४ अर्ब रूपैयाँ ऋण लिएको छ । यो ऋण निगमले १५ बर्षभित्र चुक्ता गर्नेछ । दाेस्रो वार्इडवडी विमान पनि बढीमा दुर्इ महिनाभित्र नेपाल ल्यार्इनेछ ।
'अन्नपूर्ण' विमानमा र्इकोनोमीका २ सय ५६ र विजनेश क्लासका १८ गरी २ सय ७४ सिट छन् । यो विमानबाट निगमले अागामी अगस्ट १ तारिखदेखि व्यवसायिक उडान भर्नेछ ।
निगमले जापान र कोरियामा पनि नेपाली ध्वजावाहक विमानबाट सिधा उडान गर्ने व्यवसायिक कार्ययोजना तयार गरिसकेको छ । अहिले निगमसँग एयरबसकै दुर्इवटा ए ३२० र अमेरकी कम्पनी बोर्इङको ७५७ सिरिजको एउटा विमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया