काठमाडौं । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको र २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा रहेको बताएका छन् ।
सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २ सय १९ नेपाली जेलमा रहेको मन्त्री ज्ञवालीले बताए । यस्तै यूएईमा ६३, बैंककमा ३९, बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २–२ तथा कम्बोडिया र लेबनानको जेलमा १–१ जना नेपाली जेलमा रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
उनले भने मृत्युदण्ड पाएकाहरुको सजायलाई आजीवन कैद र गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको उनले जानकारी दिए ।
यूएईमा रहेका अमरबहादुर बमको मृत्युदण्ड हटाउन सरकारले पहल गरेको तर, ठोस उपलब्धि हासिल भइनसकेको जानकारी दिए मन्त्री ज्ञवालीले भने राष्ट्रपति विद्या भण्डारीको भ्रमणका क्रममा यसबारे गम्भीर कुरा उठाएको र आफू परराष्ट्रमन्त्री भएपछि पनि नेपाली राजदूतलाई बोलाएर यसबारे जानकारी लिएको बताए ।
कोमामा रहेका २० जना नेपाली मध्ये सबैभन्दा धेरै कतारमा ११, साउदी अरेबियामा ५, बहराइन र यूएईमा २–२ जना रहेको जनाएका छन् ।
यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदुतहरुको नियुक्ती गर्ने योजना अघि सार्दै त्यसका लागि आवाश्यक कानुन निर्माणको मस्यौदा तयार गर्ने काम भइरहेको बताए । सरकारले राजदुत नियुक्ति गर्दा व्यवस्थित र पारदर्शीताको नीति अवलम्बन गर्न आवाश्यक कानुन निर्माण गर्न मस्यौदा तयार गरिरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया