काठमाडौंको बौद्धमा निर्वस्त्र पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको बौद्ध माकलबारीमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको छ ।  खोला किनारमा निर्वस्त्र पुरुषको शव फेला परेको हो । 

पहिलचान खुल्न नसकेको मृतक पुरुषको शरीरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले बताएको छ । 

बुधबार बिहान करिब ७ः३० बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली र काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल घटनास्थलमा पुगेका छन् । 

प्रमुख पोखरेलका अनुसार मृतक पुरुषको सनाखत नभएको र अनुसन्धान सुरु गरेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?