देशभरका दर्जन सडकमा पहिरो

काठमाडौं : निरन्तरको बर्खेझरीले पहाडलार्इ कमजोर बनाउँदा र नदीले सतह कटान गर्दा देशभरका आधादर्जन सडकमा यातायात आवागमन ठप्प भएको छ । बुधबार राती मुग्लिङ-नारायणगढ सडकखण्डको चारकिलोमा पहाड नै खस्दा यात्रुले अनिश्चितकालका लागि सास्ती खेपेका छन् ।

देशभरका यी सडकमा पहिरो :

  • पृथ्वी लोकमार्गअन्तरगत बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा लेदो माटोसहित खसेको पहिरोले कार पुरेको छ । जीपमा क्षति पुगेको छ । 
  • जाजरकोटको भेरी नगरपालिका–१, रातामाटेमा गएराति पहिरो जाँदा जाजरकोट–डोल्पा सडकखण्ड भएर चल्ने सवारी रोकिएको छ ।
  • मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ४, महालक्ष्मी खोलानजिकै पहिरो खसेको छ ।
  • गोर्खाका अधिकांश ग्रामीण सडकमा पहिरो र हिलोका कारण यातायात गुड्न सकेका छैनन् । 
  • पर्वत-म्याग्दी सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात आवागमनमा समस्या परेको छ । 
  • उत्तर दक्षिण लोकमार्गअन्तगर्त कालीगण्डकी र कोशी लोकमार्गमा पहिरोले यातायात रोकिएको छ । 
  • मध्यपहाडी लोकमार्गका दर्जनौं स्थानमा पहिरो खस्दा आंशिक रूपमा छोटो दुरीमा मात्र सवारीसाधन सञ्चालन भर्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?