नेपाली सेनाले बर्खेझरीमा पनि फास्टट्रयाक निर्माण नरोक्ने

काठमाडाैं : समयमै काम सक्ने उद्देश्यका साथ नेपाली सेनाले बर्खायाममा पनि काठमाडाैं-तरार्इ द्रुतमार्ग (फास्टट्रयाक) निर्माणको काम जारी राख्ने भएको छ। ४ बर्षभित्र सम्पन्न गर्नेगरि फास्टट्रयाक निर्माणको जिम्मा पाएको सेनाले १० स्थानमा शिविर बनाएर फास्टट्रयाक निर्माण गरिरहेको छ। 

सेनाले बर्खायाममा पनि सडक रेखांकनअनुसार जमिन कटान गर्ने, माटो पुर्ने तथा सम्याउने, गुणस्तर परीक्षण लगायतका काम निरन्तर गर्ने जनाएको छ। यसअघि सडकको ट्रयाक निर्माण गरेको सेनाले १२ किलोमिटर खण्डमा पर्ने रूख काट्ने काम पनि सम्पन्न गरिसकेको छ । 
 
पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा सरकारले नेपाली सेनालार्इ सडक निर्माणको जिम्मा दिएको थियो । त्यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले परियोजना निर्माणमा खासै अनुभव नभएको भारतीय अार्इएलएण्डएफएसलार्इ परियोजनाको स्वामित्व नै सुम्पने गरी विस्तृत अायोजना प्रतिवेदन (डीपीअार) तयार गर्न दिएको थियो । 

भारतीय कम्पनीलार्इ अायोजना दिनेबारे सार्वजनिकस्तरबाट सरकारमाथि चरम अालोचना भएपछि सरकारले नेपाली सेनामार्फत स्वदेशी एवं विदेशी प्रविधी र विज्ञ परिचालन गरी यो बहुप्रतिक्षित सडक निर्माण गर्ने निर्णय लिएको थियो । 

भारतीय कम्पनीले अायोजनाको डीपीअार तयार गरेपनि नेपाली सेनाले सो प्रतिवेदन अपुरो रहेको जनाउँदै अाफैंले विश्वव्यापी बोलपत्र अाब्हान गरी डीपीअार कार्य अघि बढाएको छ । हाल डीपीअार नभएपनि प्राविधिक निष्कर्षका अाधारमा सेनाले सडकको ट्रयाक फराकिलो पार्ने र मापदण्डअनुसारको सडक खन्ने काम गरिरहेको छ । 

७६ किलोमिटर लम्बार्इको फास्टट्रयाकमा ९९ वटा पूल र अावश्यकताअनुसार सुरूङमार्ग बनार्इनेछ । ६२ वटा पूल निर्माणका लागि सेनाले टेण्डर समेत अाब्हान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?