सप्तकोशीको नहरमा डुब्दा एकको मृत्यु

इनरुवा : कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दिशा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?