१. फागुन १ गतेदेखि भौतिक रुपमै विद्यालय खोल्ने सरकारको तयारी, कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने जिम्मा पालिकालाई नै दिइने ।
२. राप्रपामा ‘निर्मल निवासको हस्तक्षेप’ पेचिलो बन्दै, आफूले राखेको मागबारे छानबिन नभएमा विकल्प खोज्ने तयारीमा कमल थापा, विशालनगरमा समूहगत छलफल ।
३. पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार ४२५ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु ।
४. संघीयता कार्यान्वयन गर्ने क्रममा तीनै तहलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वताको देखाएको भन्दै धन्यवाद व्यक्त ।
५. शुक्रबार काठमाडौं उपत्यकासहित देशभर वर्षा, उच्च पहाडी र हिमाली भागमा बाक्लो हिमपात, आइतबारदेखि मौसममा सुधार आउने मौसम विभागको भनाइ ।
६. सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाद्वारा आफ्नो सम्पूर्ण तलब विद्यालयलाई हस्तान्तरण, पाँच वर्षको तलब भत्ताबापतको १५ लाख रुपैयाँ विद्यालयमा स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ लाई दिए ।
७. प्रेम दिवसका लागि भारतबाट ५० हजारभन्दा बढी रातो गुलाब आयात गरिँदै, यसवर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने फ्लोरिकल्चर एसोसिएसनको अनुमान ।
८. हावाहुरीको कारण मधेश प्रदेशमा तीन जनाको मृत्यु, मौसम प्रतिकुल बनेपछि प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम पनि स्थगित ।
९. स्वास्थ्य मापदण्ड र प्रशासनको आदेशविपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्षले गरे भोज आयोजना, आमाको १३औँ दिनको पुण्यतिथिमा सयौँ मान्छे सहभागी गराएर भोज ।
१०. विद्युतीय माध्यमबाट हुने कारोबारमा ठगीको गुनासो बढ्दै, डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह ।
११. यस साता सेयर बजारमा १०६ दशमलव ८२ अंकको वृद्धि, लगानीकर्ताको सम्पति पनि १ खर्ब ३६ अर्बले बढ्यो ।
१२. चीनले बनायो बेईजिङबाट एक घण्टामा अमेरिकाको न्यूयोर्क पुर्याउने हाइपरसोनिक विमान, उक्त विमानले एक घण्टामा ११ हजार २ सय ६५ किलोमिटरको रफ्तारमा उडान भर्ने ।
१३. १८ वर्षे इतिहासमा पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता घटे, टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लैजाँदा आफ्नो आम्दानी पनि कम हुनसक्ने मेटाको अनुमान ।
१४. सरकारद्वारा बंग–बन्धु एसीयन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय टोली सम्मानित, १२ खेलाडीलाई जनही पाँच लाख रुपैयाँ पुरस्कार प्रदान
१५. र सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार हुने भनिएको च्यासल युथ क्लब र नेपाल पुलिसबीचको खेल तालिका पुनः सर्यो, अब उक्त खेल बुधबार दिउँसो एक बजेदेखि दशरथ रंगशालामा हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया