अवैध सुन र मोबाइलसहित विमानस्थलबाट ३ जना पक्राउ, सामान बरामद

लोकपथ
1.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन र मोबाइलसहित ३ जना पक्राउ परेका छन् ।

दुवईबाट आएका तीनै जनालाई विमानस्थलको आगमन गेटमा चेकजाँच गर्दा भन्सार छली गरि ल्याएका मोवाइल तथा अवैध सुनसहित पक्राउ गरेको विमानस्थल प्रशासनले जनाएको छ ।

रौतहट घर भइ दुवईबाट आएका ३२ वर्षीय सुनिल कुमार साहलाई ४ थान आइफोन(१३ प्रो म्याक्स, ५० ग्रामको सुनको बेरुवा औँठी-१ थान र १ थान सिक्रिसहित पक्राउ परेका हुन् ।

त्यसैगरी दुवईबाटै नेपाल आएका मकवानपुरका २८ वर्षीय नबराज परियारलाई १ थान आइफोन प्रो म्याक्स, ५० ग्रामको २ वटा सुनको बेरुवासहित पक्राउ गरिएको विमानस्थल प्रशासनले जनाएको छ । त्यसैगरी दुवई (सारजा) बाट आएका सिन्दुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पालाई १०५५ ग्राम अर्धठोस अवस्थामा रहेको सुनलाई मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको हो ।

४ थान आइफोन र ११५५ ग्राम सुनसहित कुल ९९,२९,६९८ रुपैयाँ बराबरको धनमाल रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?