कोरोनाको तेस्रो लहरमा कस्तो छ प्रहरीको अवस्था ?

लोकपथ
63
Shares

काठमाडौं । नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताए ।

सो विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले संक्रमितहरुको संख्या थपिदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे । प्रवक्ता केसीले फ्रन्ट लाईनमा खेटिने प्रहरीहरुका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताए ।

उनले भने, ‘अहिलेको ओमिक्रोन, कोभिडको तेस्रो भेरियन्टको महामारीमा नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरुको पनि त्यसमा समस्या देखिएको अवस्था छ । तर ठूलो संख्यामा नेपाल प्रहरीका कर्मचारीहरुको दोस्रो मात्रा खोप पनि लिईसकेको अवस्छ भने अर्को फ्रन्ट लाईनमा खटिने प्रहरी कर्मचारीहरुलाई तेस्रो खोप अथवा बुष्टर डोज दिने प्रक्रिया पनि अघि बढिरहेको अवस्थामा जतिपनि ओमिक्रोनबाट विरामी भएका जतिपनि प्रहरी कर्मचारी हुनुहुन्छ । उहाँहरुलाई त्यस्तो क्रिटिकल अवस्था भएको छैन । बढि रहेको अवस्थामा चाँही निश्चय पनि धेरै प्रहरी कर्मचारीहरु क्रमशः यसबाट पीडित हुँदै गईराखेको अवस्था छ । तथापि त्यस्तो जटिल स्वास्थ्य अवस्था चाँही नरहेको अवस्था छ । जसले गर्दाखेरी हामीलाई दैनिक शान्ति सुरक्षा कायम राख्न अथवा अन्य क्षेत्रमा काम गर्नका लागि जटिलता उत्पन्न भएको छैन ।’

काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुष्टर खोप लगाउने व्यवस्था मिलाइएको छ ।

प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुष्टर खोपको व्यवस्था मिलाइएको बताए । उनले नेपाल प्रहरीका लागि बुष्टर खोप लगाउन कुनै समस्या नरहेको पटकपटक दोहोर्याए ।

प्रवक्ता केसीले भने, ‘बुष्टर खोप लगाउने काममा पनि जटिलता छैन । काठमाडौंमा त सहज तरिकाले जस्तो नेपाल प्रहरी अस्पताल, अनुरोध भईआएको पुलिस एकेडेमीलगायत सरकारी अस्पतालहरुमा गएर पनि नेपाल सरकारले तोकेको ठाउँहरुमा गएर बुष्टर खोप लगाउन सकिहाल्नु हुन्छ । त्यो व्यवस्थापन हामीले मिलाएकै छौं । अन्यत्र पनि नेपाल सरकारले तोकेको ठाउँहरुमा र नेपाल सरकारको जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहने इकाई जस्तो तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्महरुमा पनि व्यवस्थापन गरेर त्यही गएर पनि तेस्रो डोज लगाउने व्यवस्था मिलाईएको छ । जसले गर्दाखेरी भ्याक्सिन भर्खर सुरु हुँदैछ । त्यसमा त्यस्तो अप्ठ्यारो महसुस छैन ।’

कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको प्रवक्ता केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?