कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ ।
भन्सार विभागले यसअघि तय गरेको २९ माघको पूर्वनिर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।
स्थगित परीक्षा परिस्थिति सहज हुनेबित्तिकै पुनः सञ्चालन गरिने भन्सार विभागले जनाएको छ ।
यसअघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया