कोरोना परीक्षणको शुल्क घट्यो : लक्षण देखिएकालाई निःशुल्क परीक्षण

लोकपथ
0
Shares

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ ।

यसअघि यो शुल्क एक हजार रुपैयाँ थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ ।

यसअघि यो शुल्क दुई हजार रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?