काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ९ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार थप ४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।
उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया