कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने टिप्पर चालक पक्राउ

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका टिप्पर चालक पक्राउ परको छन् ।

मंगलबार राति सवा ९ बजेको समयमा कोटेश्वर चोकमा प्रदेश नं। ३-०२-०२६ प १८२४ नं. प १८२४ नं. प १८२४ नं. को मोटरसाइकल दुर्घटना भएको थियो । सो क्रममा मोरङ घर भइ हाल सल्लाघारी बस्ने प्रकाश लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटना गराई फरार रहेको टिपरको पहिचान तथा चालकसहित नियन्त्रणको लागि प्रहरी परिचालन गरी अनुसन्धान गर्दै जाँदा बुधबार कीर्तिपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका १० घर भई हाल रमन कन्स्ट्रक्सनको क्याम्प किर्तिपुर सुन्दरीघाट बस्ने वर्ष ५२ को सुब्बा श्रेष्ठ रहेका छन् । उनीसहित ना १ क ४५०२ नम्बरको टिप्पर समाति आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?