आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

लोकपथ
1.1k
Shares

रोल्पा । रोल्पामा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन् ।

आफ्नै श्रीमान ४५ वर्षीय काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सुनछहरी गाउँपालिका-६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?