महोत्तरी । निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका स्थानीय सरकार राजनीतिक दल र जनप्रतिनिधिकै घेराबन्दीमा पर्न थालेका छन् ।
स्थानीय सरकारले गरेका राम्रा कामलाई समेत निस्तेज बनाउने गरी प्रतिपक्षको भूमिकामा बसेका राजनीति दलहरू महोत्तरीमा यतिबेला चरणबद्ध आन्दोलन गरिरहेको आरोप छ ।
स्थानीय सरकारको कार्यकाल सकिनै लाग्दा सत्तारोहणका लागि सर्वसाधारणलाई उचालेर उनीहरू कतिपय ठाउँमा सयुक्त आन्दोलनमा समेत लागिरहेका जानकारहरू बताउँछन् ।
औरही नगरपालिकामा पाँच राजनीतिक दलले स्थानीय सरकारविरुद्ध २९ पुसदेखि सयुक्त आन्दोलन जारी राखेका छन् । उनीहरूले राखेका माग मध्य कतिपय जायज माग छन् भने कतिपय पूरा हुनै नसक्ने मागहरू छन् ।
सर्वसाधारण र उनीहरूले आफूनिकट व्यक्तिहरूलाई जम्मा गरी नगरपालिकाको मूल गेटमा धर्ना तथा जुलुस गर्दै आएका छन् ।
‘कार्यापालिकाको बैठकमा भएका निर्णयहरूमा सहमत जनाएर टेबल ठटाएर बाहिर निस्कने अनि बाहिर निस्केपछि सरकारकै विरोध गर्ने जनप्रतिनिधिहरूको संस्कार नै बनिसक्यो,’ स्थानीय शंकर फुयाल बताउँछन् ।
फरक–फरक पार्टीबाट चुनिएका जनप्रतिनिधिहरू पनि आगामी निर्वाचनको परीणाम आफ्नो पार्टीको पक्षमा पार्ने उद्देश्यका साथ नागरिकमाझ अफवाह फैल्याउन थालेका छन् ।
चुनाव नजिकिँदै गर्दा मट्टीहानी, बर्दिबास, गौशाला, रामगोपालपुरलगायतका स्थानमा अफवाह फैलाउन लागिपरेको जनप्रतिनिधिहरूको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया