काठमाडौं । सेल्सबेरी डिमार्टमेन्ट स्टोरले नेपाली उत्पादनहरुको स्टल पनि संचालनमा ल्याएको छ ।
सो डिपार्टमेन्टले ललितपुरको सातदोबाटोस्थित डिमार्टमेन्टमा एक कार्यक्रमको आयोजना गरी ‘मेड इन नेपाल’ नाम दिइएको नेपाली उत्पादनहरुको २० वटा स्टल शनिबार (आजै) बाट संचालनमा ल्याइएको जानकारी गराएको हो ।
काठमाडौंको बत्तिसपुतली, महाराजगंज, पोखराको चिप्लेढुंगा, शान्ति नगर, लेकसाईडमा पनि सो सेवा एकसाथ संचालनमा ल्याइएको सो डिमार्टमेन्टका संस्थापक सुशील प्रधानाङ्गले जानकारी दिए । उनले नेपाली बस्तुहरुको बजारीकरणका लागि आफूले संचालनमा ल्याएको डिमार्टमेन्ट स्टोरहरुमा सो स्टलको सेवालाई प्राथमिकताका साथ अघि बढाइएको बताए । प्रधानाङ्गले नेपाली उत्पादन पनि विश्व बजारका लागि उत्तिकै महत्वपूर्ण छ भनेर देखाउन सो स्टल उपयोगी हुने स्पष्ट पारे।

२ महिनासम्म संचालनमा रहने सो स्टलमा नेपालका घरेलु उद्योगहरुले उत्पादन गरेका विष्कुट, चिया, अदुवा, मह, कस्मेटिकसहितका सामानहरु रहेका छन । नेपालका २० वटा कम्पनी र त्यसमा पनि घरेलु उद्योगका सामानहरुलाई उच्च प्राथमिकताका साथ स्टलमा राखिएको पनि सो डिमार्टमेन्ट स्टोरले जनाएको छ ।
नेपाललाई आत्मनिर्भर बनाउने बाटोमा लैजान सो स्टलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले बताए । स्टलले नेपाली बस्तुको विश्व बजारमा प्रचार हुने तथा स्वदेशमै रोजगारी सृजना हुने र राजस्वमा पनि वृद्धि हुने उनले स्पष्ट पारे ।
महानिर्देशक श्रेष्ठले नेपाली बस्तुहरु पनि गुणस्तरको छन भन्ने बुझाउन पनि सो स्टलले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया