५०० भन्दा बढी सक्रिय संक्रमित भएका नेपालका यी ५ जिल्ला

लोकपथ
3.3k
Shares

काठमाडौं । नेपालका ७७ जिल्ला मध्ये ५ जिल्लामा हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हाल काठमाडौं ललितपुर, भक्तपुर, कास्की र मोरङमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार देशभर गरिएको १५ हजार ८१ जनाको परीक्षणमा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १५ हजार ३४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।

हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?