कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

लोकपथ
105
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ ।

प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका-७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?