काठमाडौं । नुवाकोटमा प्रत्यक वर्ष माघे संक्रान्तिमा आयोजना हुने गोरु जुधाई मेला स्थगित भएको छ । कोरोना संक्रमण देशैभर तिव्र रुपमा फैलिइरहेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले गोरु जुधाई मेला स्थगित गरेको हो ।

संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले एक सूचना जारी गर्दै जिल्ला कोभिड–१९ व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया