दाङमा नक्कली सई बनेर ठग्ने पक्राउ

लोकपथ
35
Shares

नेपाल प्रहरीको नक्कली सई बनि ठगी गरेको आरोपमा प्रहरीले दाङको घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलीले घोराही निबासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

उनले सिआईबिको सई बनेर धाक धम्की देखाई घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगी गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको काफ्नेले जानकारी दिए । बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध ठगी मुद्धा दर्ता गरेर कानुनी कारबाही गरिने एसपि काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?