१. एमाले जिल्ला अधिवेशनको परिणाम आउने क्रम जारी, कुनै जिल्लामा सर्वसम्मत नेतृत्व चयन, कुनैमा निर्वाचनको तयारी
२. भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह, मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक रहेको भनाइ
३. जनताको विश्वासलाई आफूले कहिलै पनि धोका नदिने सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिटै अन्त्य हुने विश्वास
४. लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग, नेपाल सरकारलाई तुरुन्तै भारतसँग उक्त विषयमा कुराकानी गरी निर्माणकार्य रोक्न ध्यानाकर्षण
५. मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण नेपालमा विकास नभएको बाबुराम भट्टराईको आरोप, राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्नेमा जोड
६. गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गरी संघीय सरकारलाई हस्तान्तरण गर्ने तयारीमा भरतपुर महानगरपालिका, अब महानगरले रंगशालाको काम अघि बढाउने मेयर रेणु दाहालको भनाइ ।
७. एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै नागरिकताविहीन नागरिक संघर्ष समितिद्वारा काठमाडौंमा प्रदर्शन, राज्यले नागरिकता नदिएर पीडितहरूलाई गैरनागरिक बनाउन खोजेको आरोप ।
८. मौसममा सुधार आएपछि ‘क्यालिब्रेसन फ्लाइट’ हुने नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको भनाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने दाबी ।
९. पुस २७ मा हुने भनिएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै स्थगित, माघ ३ गतेका लागि नयाँ मिति तय ।
१०. नेपालमा कोरोना संक्रमणको ग्राफ दिनहुँ उकालो लाग्दै, आइतबार मात्रै १ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिए, २ सय २४ जना संक्रमणमुक्त हुँदा २ जनाको मृत्यु ।
११. लयमा फर्कँदै नेपाली सेयर बजार, नेप्से परिसूचकमा ७३ अंकको बढोत्तरी, ५३ दिनपछि कारोबार रकम ७ अर्ब नाघ्यो, १३ वटै सूचकमा हरियाली ।
१२. भारतमा कोरोनाको तेस्रो लहर भयावह बन्दै, भारतीय प्रधानमन्त्री मोदीद्वारा उच्चस्तरीय बैठकमा कोरोना जोखिम र रोकथामका विषयमा छलफल ।
१३. पाकिस्तानमा भारी वर्षा र हिमपात, हिमपातका कारण ४१ जनाको मृत्यु, सयौँ विस्थापित ।
१४. प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिबाट काठमाडौंमा सुरु हुँदै, टीयू क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दै ।
१५. र, स्पेनिस ला लिगा फुटबलमा आज भिल्ला रियल र एथलेटिको मड्रिड भिड्दै, दुवै टिम एक–अर्कालाई हराउँदै जित हात पार्ने लक्ष्यमा मैदान उत्रँदै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया