पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपरचालक पक्राउ

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका बा २ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ-५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पदैलयात्री भक्तपुर व्यसी बस्ने कालिकोट पञ्चाल झरना गाउँपालिका-२ घर भएका २२ वर्षीय बिपिन बिकलाई टिपरले आइतबार राति ठक्कर दिँदा बिपिनको मृत्यु भएको तथा चालक टिपरसहित फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपरसहित
श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट प्रकाउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?