भारतीय दूतावासले मनायाे ‘विश्व हिन्दी दिवस’

लोकपथ
70
Shares

काठमाडाैं । भारतीय दूतावास, काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ । हिजाे (पौष २६) मा होटल र्‍याडिसनमा एक कार्यक्रमको आयोजना गरी दूतावासले विश्व हिन्दी दिवस मनाएको हो ।

सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात् प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवं उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ ।

दूतावासस्थित प्रेस, सूचना एवं संस्कृति प्रभागका प्रमुख श्री नवीन कुमारले उक्त कार्यक्रमकाे अध्यक्षता गरेका थिए । उनले भारतीय प्रधानमन्त्रीले यस अवसरमा दिएको सन्देश पढेर सुनाए ।

त्यसैगरी भारतका विदेश राज्यमन्त्री श्रीमती मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको सन्देश तथा शुभकामना भिडियोमार्फत प्रस्तुत गरियो ।

नेपालका वरिष्ठ हिन्दी साहित्यकार श्री राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथिको रुपमा उपस्थित थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा.डा. उषा ठाकुर विशिष्ट अतिथि थिइन् ।

विश्व हिन्दी दिवसको अवसरमा विशेषगरी हाँस्य कवि सम्मेलनको आयोजना गरिएको थियो ।

No description available.

भारतबाट आएका तीन प्रख्यात कवि श्री सुदिप भोला, श्री विनित पाण्डे र श्री अभिषेक त्रिपाठीले कविता वाचन गरे । साथै काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले समेत हिन्दी कविता वाचन गरेको र उनीहरु पुरस्कृत समेत भएको दूतावासले जनाएको छ ।

सोही कार्यक्रममा हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक श्री वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार श्रीमती करुणा झाको कविता संग्रहको विमोचन समेत मुख्य अतिथिले गरे ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले समूहगीत प्रस्तुत गरेका थिए ।

मन्तव्यका क्रममा मुख्य अतिथि राकेशले भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको सदियौँदेखि अहम् भूमिका रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?