काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । बितेको २४ घण्टामा मात्रै थप १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर गरिएको १२ हजार ६३२ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २२४ जना संक्रमणमुक्त भएका छन् ।ने
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ६ सय ४ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया