नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै

लोकपथ
203
Shares

विराटनगर । नेपालमा राजासहितको हिन्दु राष्ट्रको विषयमा राजनीतिक दलहरुमा नै बहस चलिरहेका बेला राष्ट्रिय एकता अभियान नेपालले संघीय हिन्दु गणतन्त्रको अभियान सुरु गरेको छ ।

राष्ट्रिय एकता अभियान विराटनगरले शनिबार विराटनगरमा ‘संघीय हिन्दु गणतन्त्र विषयक विचार गोष्ठी’ कार्यक्रम गरेको छ ।

विराटनगरका समाजसेवी तथा अभियानका केन्दीय सदस्य निर्मल दुगढको अध्यक्षतामा सम्पन्न गोष्ठीमा भारतीय जनता पार्टीका बिहार प्रदेशका मन्त्री भानु प्रकाश रायले नेपाल धर्मनिरपेक्ष भएकाले हिन्दुत्व र हिन्दु संस्कार र संस्कृति संकटमा परेको बताए ।

‘वेद, पुराण तथा विभिन्न धार्मिक ग्रन्थहरुमा नेपालमा भएको हिन्दुत्व र हिन्दु संस्कारका बारेमा वर्णन गरिएकाले त्यसको संरक्षण र संवर्द्धनका लागि संघीय हिन्दु गणतन्त्र आवश्यक छ,’ उनले भने, ‘हिन्दुहरुको महान धर्मग्रन्थ रामयणमा वर्णन गरिएको राजा जनक र देवी सीताको जन्मभूमीसमेत रहेको नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्रका लागि सक्षम रहेकाले यो अभियानलाई सफल पार्ने सबै हिन्दुको दायित्व हो ।’

राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष बिनयकुमार यादवले हिन्दु धर्म र संस्कृतिसँग सम्बन्धित अनेकौँ पौराणिक स्थल रहेको नेपाल संघीय हिन्दु गणतन्त्र हुनु आवश्यक रहेकाले यो अभियान देशभरि सञ्चालन गरेको बताउए ।

No description available.

‘एकथरी राजासहितको हिन्दु गणतन्त्रको वकालत गरिरहेका छन् तर सहीदहरुले सहादत दिएर आएको गणतन्त्र मास्न नदिनका लागि पनि संघीय हिन्दु गणतन्त्रको अभियान सफल बनाउन आवश्यक छ,’ उनले भने, ‘संसारमा अनेकौं इस्लामिक राज्य भएकाले नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्र हुनु आवश्यक छ ।’

अभियानकी उपाध्यक्ष सुनिता साहले मुलुकमा धर्मनिरपेक्षता भएदेखि हिन्दु धर्म, संस्कार र संस्कृति दैनिक संकुचनमा पर्दै गएको बताए ।

अभियानका केन्द्रीय सदस्य निर्मल दुगढको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले धर्मनिरपेक्षताले हिन्दु र हिन्दुत्व नास भइरहेको हुँदा संघीय हिन्दु गणतन्त्र अभियानमा सबैलाई लाग्न आह्वान गरे ।

उनले हिन्दु धर्मले महिलालाई देवीको दर्जा दिएकाले पनि सम्पूर्ण महिलाहरुलाई यो अभियानमा सरिक भएर सफल बनाउनु दायित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?