धामीले उपचार गर्न भन्दै २१ दिन आश्रममा राखे, १४ वर्षीया बालिकाको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । राजधानी काठमाडौंमा एक धामीले उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेको खुलासा भएको छ । उपचाररत ती बालिकोको शनिबार मृत्यु भएसँगै यस्तो खुलासा भएको हो ।

सिन्धुपाल्चोक घर भएका रणबहादुर श्रेष्ठकी छोरी १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको हो । कक्षा ७ मा अध्ययनरत उनी बिरामी परेको र निको बनाउने भन्दै नाजार्गुन नगरपालिका वडा नम्बर १ स्थित पानीट्याङ्की धामी उमा शाही ठकुरीले जिम्मा लिएको पाइएको प्रहरीले जनाएको छ ।

गत पुस ३ गते मृतककी आमाले छोरीलाई धामीको झारफुक केन्द्रमा लगेकी थिइन् । त्यहाँ लगेपछि ठकुरीले आफूले बिरामी निको बनाउने भन्दै छाडेर जान भनेकी थिइन् । तर, आज एकाएक अवस्था गम्भीर भएको भन्दै खबर आएको थियो । त्यहाँबाट थप उपचारका लागि स्वयम्भुस्थित मनमोहन अस्पताल लगिएकी किशोरीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले घामी ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दीनेशराज मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?