आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
84
Shares

१. नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, अस्पतालहरूलाई तयारी अवस्थामा रहन सरकारको निर्देशन ।

२. भर्चुअल माध्यमबाट केपी शर्मा ओलीले गरे ६१ जिल्लामा एमालेको जिल्ला अधिवेशन उद्घाटन, १६ जिल्लाको अधिवेशन भने प्रतिकूल मौसमका कारण स्थगन ।

३. पाँचदलीय समन्वय समितिको बैठकमा संसदको गतिरोध अन्त्यबारे छलफल, ओलीलाई भेटेर गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह ।

४. ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको टिप्पणी, ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप ।

५. आगामी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, आफूहरूसँग जनताको पूर्ण साथ रहेको दाबी ।

६. गृह मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म काम गर्ने सरकारी कर्मचारीलाई खाजाभत्ता उपलब्ध गराउने गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्नेमा जोड ।

७. सहकारीहरू ऐन नियमभन्दा बाहिर जाँदा जनताको विश्वास गुमाउन थालेको भूमिमन्त्री शशी श्रेष्ठको भनाइ, सहकारीहरू सहकारी सिद्धान्तअनुसार नचलेको टिप्पणी ।

८. प्रदेश दुईको नाम र राजधानीको विषयमा अझै अन्योल, सत्तारुढ दल नै दुई कित्तामा विभाजित ।

९. आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन नगर्ने महामन्त्री गगन थापाको भनाइ, पार्टीका नेता कार्यकर्तालाई विधानअनुसार गतिविधि गर्न निर्देशन ।

१०. नेपालमा कोरोना भाइरस संक्रमण दोब्बरले बढ्यो, शुक्रबार मात्रै ९ सय ६८ जना थपिए, २ सय ६२ जना संक्रमणमुक्त ।

११. नेप्सको सीईओ पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट, आइतबार अन्तर्वार्ता हुने ।

१२. भारतमा एकैदिन १ लाख १७ हजार कोरोना संक्रमित थपिए, मुम्बईमा लकडाउन गर्ने तयारी ।

१३. इन्डोनेसियाको पपुवा प्रान्तमा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु, सयौँको संख्यामा विस्थापित ।

१४. सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथसँग संकटा क्लब १–१ को बराबरीमा, संकटाले शीर्ष स्थानका मनाङ मस्र्याङ्दी र मछिन्द्र फुटबल क्लबसँग अंकदूरी घटाउने मौका गुमायो ।

१५. दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हरायो, तेस्रो टेस्ट ११ जनवरीमा हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?