१. भारतमा हुने हुने भनिएको भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित, योसँगै पुस २५ गतेका लागि तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकियो
२. संसदको अवरोध हटाउनका लागि सहमतिको बिन्दु खोज्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड
३. माओवादी केन्द्रीय कार्यालयमा कोरोना देखिएपछि अध्यक्ष प्रचण्डले गरे भेटघाट बन्द, दुई जनाबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको पुष्टि
४. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने, १०औँ महाधिवेशन मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उद्घाटन हुने
५. मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि बतास समूहलाई नारायणहिटीबाट हटाउने पर्यटन मन्त्री प्रेम आलेको दाबी, यसरी पावरमा हुनेले सरकारी जग्गा लिँदै जाने हो भने पूरै वातावरण नै धमिलो हुने भनाइ
६. विद्युतमा आधारित मल कारखाना निर्माण गर्ने तयारी रहेको कृषिमन्त्री महेन्द्रराय यादवको भनाइ, जर्मनीसँग नयाँ प्राविधिक हिसाबले विद्युतमै आधारित फ्याक्ट्री निर्माणका लागि छलफल हुँदै
७. मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले थाले अनुगमन, तोकिएभन्दा बढी शुल्क लिएको पाए कारबाही हुने
८. आफू पार्टीको विधानअनुसार नै १४औँ महाधिवेशनमा निर्वाचित भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी दाबी, हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको प्रतिक्रिया
९. स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन सरकारले ग्याँस चुलोलाई विस्थापन गर्ने नीति लिएको ऊर्जामन्त्री भुसालको भनाइ, सबैलाई विद्युतीय चुलो प्रयोग गर्न आग्रह
१०. बितेको २४ घण्टामा गरिएको १२ हजार ९९ परीक्षणमा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त, १ जनाको मृत्यु
११. साताको अन्तिम कारोबार दिन ४३ दशमलव २९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने ३ अर्ब ६७ करोडमा सीमित
१२. काजकिस्तानमा मूल्य वृद्धिको विरोधमा उत्रिएका प्रदशनकारीमाथि प्रहरीले चलायो गोली, दर्जनौँ सरकारविरोधी प्रदर्शनकारीको मृत्यु
१३. अमेरिकामा फेरि तीव्र रुपमा फैलँदै कोरोना, चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द ।
१४. इटालियन सिरी ए फुटबलअन्तर्गतको खेलमा आज युभेन्टस र नेपोली भिड्दै, दुवै टोली एक–अर्कालाई हराउँदै जित हात पार्ने दाउमा ।
१५. सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौँ चरणको खेल भोलीबाट सुरु हुँदै, पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्दै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया