काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई निमोनिया भएको छ ।
निमोनियाको कारण बुधबारदेखि स्वास्थ्यमा समस्या आएपछि नेता पौडेल घरमै आराम गरिरहेका छन् ।
चिकित्सकले उनलाई अझै एक हप्ता आराम गर्न सुझाव दिएका छन् । हिजोदेखि अस्वस्थ्य भएपछि उनले भेटघाट पनि कम गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया