पाँचथरमा आगलागी हुँदा तीन घर जले

लोकपथ
21
Shares

पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा अहिले बुधबार साँझ आगलागी हुँदा तीन घर जलेका छन् ।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगाे फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका पनि घर जलेका हुन् । आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसलमा क्षति भएकाे स्थानीय खगेन्द्र राईले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल परिचालन गरिएकाे थियाे । विद्युत सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?