काठमाडौँ । दशैँमा बलि दिने विषयमा दुई किसिमका मत देखिएको छ । एक पक्ष भन्छ, बलि प्रथा हाम्रो संस्कृति हो, यसलाई निरन्तरता दिनुपर्छ । अर्काे भन्छ, भगवानले रगत चाहँदैनन् । भगवानले पनि कहिँ हिंसा चाहन्छन् ? संस्कृतिविद्को नजरले यसलाई कसरी मूल्यांकन गर्छ भन्ने कुरा बुझ्नलाई हामीले वालमिकी विद्या पीठका प्राचार्य प्राडागणेश घिमिरेसँग कुराकानी गरेका थियौँ । त्यसैको आधारमा उनले राखेको विचार यसप्रकार छ ।
‘यो परापूर्वकालदेखि चल्दै आएको रीत हो, परापूर्वकालदेखि चल्दै आएको यो परम्परालाई नामेट पार्ने कुरा हुँदैन ।
नेपालमा विभिन्न उपासनामा आबद्ध मानिसहरू रहेका छन् शाक्तहरूले भगवतीको उपसना गर्छन्, बलि दिन्छन् । वैष्णवहरूले विष्णुको उपसना गर्छन्, शैवहरूले शिवको उपासना गर्दछन् । शाक्तहरू शक्तिको उपासक भएकाले भगवतीलाई नै मान्ने गर्दछन् ।
धर्मपुराणमा ब्राह्मणले बाहेक अरुले भगवती शक्तिको उपासना गर्न पाउने कुरा उल्लेख गरिएको छ । तान्त्रिक पक्षबाट हेर्ने हो भने भगवतीलाई शक्तिको रूप मानेको कारणले शक्ति सधैँ रगत चाहन्छ भन्ने कुरा छ ।
जैविक अधिकारको दृष्टिकोणबाट हेर्ने हो भने, यो गलत हो । खसी, बोका, पन्छी हरेक जीवलाई बाँच्ने अधिकार छ । तर देवी भगवतीको उपासनामा बलि दिएर त्यही प्रसाद ग्रहण गर्ने चलन प्राचीनकालदेखि चल्दै आएको हो ।
त्यसैले, यसलाई कुन दृष्टिकोणबाट विश्लेषण गर्ने हो, आत्मसात् गर्ने हो त्यसमा छुट छ । संस्कृतिविद्ले यसलाई विचाधाराबाट मूल्यांकन गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया