काठमाडौं । भन्ने गरिन्छ नि, भाग्यमा भएको कुरा जसरी पनि हुन्छ । भारतमा पनि एउटा त्यस्तै घटना भएको छ । भारतको मध्य प्रदेशमा अनुभव दुबे नामका एक युवकको आमाबाबुले उनलाई आईएएस अफिसर वा कलेक्टर बनाउने सपना देखेका थिए ।
अनुभवको परिवारले उनलाई पढाइका लागि गाउँबाट इन्दोर पठाएका थिए । त्यहाँ उनको आनन्द नामको एक युवकसँग दोस्ती भयो । दुवै जनाले पढाइ सकेर आ-आफ्नो घर गए ।

अनुभवका घरमा उनलाई आईएएस अफिसर बनाउने सपना देखेका थिए । तर अनुभव दुबेले साथी आनन्दसँग मिलेर चियाको विजनेस सुरु गरे ।

राम्रो प्लानिङ गरेर उनीहरुले सुरु गरेका चिया विजनेस बिस्तारै चल्न थाल्यो । तीन लाख लगानीमा उनीहरुले चिया व्यापार सुरु गरेका थिए ।

बिस्तारै उनीहरुको कन्सेप्ट र चियाको स्वादले मानिसहरु आकर्षित हुन थाले । सानो पसलबाट सुरु गरेको व्यापार उनीहरुले बिस्तारै बढाउँदै अहिले भारतको १५ राज्यमा ब्रान्च फैलिएको छ ।

‘चाय सुट्टा बार’ नाममा रहेको उनीहरुको कम्पनीले गत वर्ष १०० करोडको टर्न ओभर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया