अर्घाखाँची । अर्घाखाँचीमा यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१४ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ भलायडाँडा ठुलाखर्क बस्ने ५५ वर्षीय ईन्द्र बहादुर कुमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा कुमालले यौन दुर्व्यवहार गरेको तथा जबरजस्ती करणी उद्योगसमेत गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया