सामान्य विवादमा घरमा काम गर्ने पुरुषको हत्या

लोकपथ
112
Shares

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ वर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ वर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

बुधवार (हिजो) बिहान सवा ५ बजे हत्या गरेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली गई खुकुरीसहित सदालाई नियन्त्रणमा लिएको थियो ।

सदा चौधरीको घरमा काम गर्नेगरेको र सामान्य विवादको कारण चौधरीको घरमा नै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?