सवारी दुर्घटना, २ जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।

रौतहट, राजपुर नगरपालिका(२ बमनहरस्थित सडकमा स.१ प ५९९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ फतुवा टोल बस्ने ७२ वर्षीय शेख जहरुलको बुधवार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौर हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ईशनाथ नगरपालिका-४ लक्ष्मीनिया टोल बस्ने १७ वर्षीय आजम हुसेनको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भईरहेको छ ।

त्यसैगरी भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ आदर्शचोकस्थित सडकमा बाग्मती प्रदेश-०१-००६ ख २०३८ नम्बरको टिपरमा बाग्मती प्रदेश-०२-०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएर बुधवार राति दुर्घटना हुँदा एक स्कुटर चालकको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार स्कुटर चालकको हालसम्म नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ ।

उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?