नेपालमा कोरोना : थपिए २ हजार ८ सय बढी संक्रमित, कति भए संक्रमणमुक्त ?

लोकपथ
623
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको कुल ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ३१ जनाको एन्टीजेन पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणको कारण थप ३० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्ला केहिदिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ४९०, भक्तपुरमा ७९ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?