दाङमा ५ वर्षीया बालिका बलात्कृत, ५२ वर्षीय पुरुष पक्राउ

लोकपथ
504
Shares

काठमाडौं । दाङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।

हिराले ती बालिकालाई घरबाट करिब ५ सय मिटर टाढा मकैबारीमा लगेर शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?