काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलवार दिउँसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति रहेको थियो।
दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया