काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सबै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।
मंगलवार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।
यसअघि देउवा सरकारले ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ९ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया