काठमाडौं । सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा. रोशन पोखरेललाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने, साउन ६ गते सार्वजनिक बिदा दिने र खोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।
आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा सरकारले डा. पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया