काठमाडौँ । जापान पठाइदिने भन्दै ठगी गर्ने तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरकी ३७ बर्षीया शुभद्रा परियार, इलामकी ३३ वर्षिया पूजा राई, भक्तपुरकी २१ वर्षिया दीपिका केसी र सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल रहेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाका अनुसार पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
उनले भने, “उनीहरुले नक्कली फेसबुक खाता खोली आफूलाई जापानको इमिग्रेसनको आधिकारीका रुपमा चिनाई विभिन्न व्यक्तिहरुसँग लाखौं रकम उठाएका थिए।”
फेसबुकमार्फत पीडितलाई सम्पर्क गरेर उनीहरुले वर्किङ भिसाको प्रक्रियाका लागि रकम पठाउनुपर्छ भन्दै विभिन्न बैंकको खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ।
यसबारे थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया