काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं टोखा–२ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका–२२ घर भई हाल काठमाडौं महानगरपालिका–१३ बस्ने ६३ वर्षीय देव नारायण महर्जन रहेका छन्।
उच्च अदालत पाटनले डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना सुनाएको थियो । त्यस्तै महर्जनलाई उच्च अदालत पाटनले ५ दिन कैद र १५ लाख जरिवाना सुनाएको थियो ।
महाराजगञ्ज ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका बिभिन्न रकमका चेकहरु आ–आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।
बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया