प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम गराइँदै

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम गराइने भएको छ ।

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा १ दिनको क्षमता अभीबृदि प्रशिक्षण आयोजना गरिने ग्लोकल प्रालीले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) द्वारा आयोजित सो कार्यक्रम आइएलओ को सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रा ली को एकाइ मार्फत सन्चालन हुने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको ठूलो परियोजना हो जुन बेरोजगारहरुलाई रोजगार पाउनका लागि परियोजना र कार्यक्रमहरुको विकासमा कार्यरत छ । पीएमईपीको कार्यक्रम मुलुकमा सफल पार्नका लागि, प्रत्येक ७५३ –स्थानीय स्तरमा १ रोजगार संयोजक र १ प्राविधिक सहयोगी कार्यरत छन् ।

यस प्रधानमन्त्री रोजगार कार्यक्रमले आइएलओ को सहकार्यमा रोजगार सेवा केन्द्रका कर्मचारीहरुलाई प्रोजेक्ट साइकल व्यवस्थापनमा सम्बन्धि क्षमता अभीबृदि तालिम कार्यक्रमको आयोजना गर्न लागिरहेको ग्लोकल प्रालीले बताएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि ग्लोकल प्रालीले इलर्निङ्ग प्लाटफर्म मार्फत कर्मचारीहरुलाई तालिम दिने कुरा घोषणा गरेको छ ।

७५३ रोजगार सेवा केन्द्रहरुका स्थानीय कर्मचारीहरुलाई परिणाममा आधारित व्यवस्थापन आधारभूतहरू, र संचारको सिद्धान्तहरूबारे तालिम दिने लक्ष्यका साथ, ग्लोकलले कुल १५०६ जना कर्मचारीहरुलाई दैनिक ४ समुहमा बिभाजन गरी १० दिन सम्म तालिम सन्चालन गर्नेछ । जुलाई २० देखि २९ सम्म हरेक समुहले ६ घण्टाको विस्तृत तालिम एवम प्रशिक्षन पाउने ग्लोकलले बताएको छ ।

उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रमहरू, सिकाई र अनुभवहरू, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभावकारी सेवा वितरण लगायतका बिषयहरु समाबेश गरिनेछ ।

यस प्रधानमन्त्रि रोजगार कार्यक्रम श्रम मन्त्रालय र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र आईयलओ को सहयोगमा ग्लोकल प्रा.लि. को एक एकाइ, ग्लोकल आफ्टर स्कुलले प्रशिक्षण कार्यान्वयन पार्टनरका रुपमा काम गर्ने कुुरा वित्तप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?