काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पक्षले विपक्षीलाई आक्रमण गर्न नहुने बताएका छन् ।
आज प्रतिनिधि सभामा विपक्षीहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री देउवाले सो कुरा बताए ।
“प्रधानमन्त्रीले विपक्षीलाई आक्रमण गर्न हुँदैन । आज यहाँ विपक्षीहरुले उठाएको प्रश्नको उत्तर दिन आएको छु ।” उनले भने ।
त्यस्तै आजको बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीले बोल्दा विपक्षी दलका नेता उपस्थित हुनुपर्ने अनिवार्य शिद्दान्त रहेको बताए ।
प्रधानमन्त्री बोल्दा विपक्षी नेता हुनुपर्छ भन्ने हाम्रो शिद्धान्त हो । उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया