काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत प्राप्त प्रधानमन्त्रीले सदन विघटन गरेर देशलाई दुर्घटनातर्फ लैजाने काम भएको बताएका छन् ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै केन्द्रका प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।
नेपालको इतिहासमा दुई तिहाइको बहुमत प्राप्त प्रधानमन्त्रीले आफ्नो बहुमत हुँदा हुँदै पटक पटक प्रतिनिधि सभा विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम पहिलो पटक भएको हो ।
त्यस्तै अध्यक्ष दाहालले यस्तो दुर्गती हुने भए आफूले पार्टी एकताका लागि पहल नगर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया