जसपा विवादबारे सुनुवाई हेर्दाहेर्दैमा

लोकपथ
84
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवादबारे इजलासको सुनुवाई हेर्दाहेर्दैमा सकिएको छ ।

आईतवार बिहान ११ बजेदेखि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलियाको नेतृत्वमा शुरु भएको इजलास सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने सहमतिमा सकिएको हो ।

जवाफ प्रश्तुत गर्ने क्रममा बेन्चबाट अवरोध भएको र सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने जसपाका नेता केशव झाले बताए ।

इजलासमा निवेदक पक्षको कानून व्यवसायी र जवाफ प्रश्तुत कर्ता पक्षले २ घण्टासम्म आ आफ्ना तर्क राखेका थिए ।

इजलासमा पुनर्गठित कमिटीले विधिसम्मत तरिकाबाट निर्वाचन आयोगमा दर्ता भएको छ, यसै आधारमा प्रक्रिया अघि बढ्छ भनेको छ, नेता झाले भने, पुरानो कमिटीले हेडकाउण्टको माग राखेको छ ।

यस विषयमा निर्वाचन आयोगको इजलासले सक्कली प्रमाण झिकाएर दुवै पक्षलाई खबर गरेपछि मात्रै पुनः बहस शुरु हुने र निष्कर्षमा पुग्ने नेता झाको भनाइ छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले आधिकारीकता दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?